नबिल बैंकको वेबसाइटबाटै ‘नबिल आइकार्ड’को निवेदन गर्न पाइने

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइट मार्फत नबिल आईकार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।

यस नयाँ सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहकले आफै बैंकको वेबसाइटमा ‘नबिल आईकार्ड’ सेक्सनमा https://nabilbank.com/en/personal/card-e-banking/products/nabil-icard गएर ‘एप्लाई नाउ’ विकल्प छानि नबिल आईकार्ड का लागि निवेदन दिइ, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्य एवम् सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नयाँ सुबिधा ल्याएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *