के हो ? बिर्सने समस्या अर्थात् ‘डिमेन्सिया’

डिमेन्सिया अर्थात मनोभ्रंश एक यस्तो मानसिक विकार हो जसले मानिसको सोच्ने र सम्झने क्षमता विस्तारै कम गर्दै जान्छ । यो समस्या त्यसबेला हुन्छ जुनबेला तनाव, अल्जाइमरले दिमागमा क्षती पु-याउँछ । मस्तिष्कमा धेरै भागहरु हुन्छन् र ती भागहरु आपसमा मिलेर काम गर्छन् तर कुनै खास बिमारी वा आघातको कारण मस्तिष्कको कोशिकामा क्षती पुग्न सक्छ ।

मस्तिष्कको कोशिकाको क्षतीले डिमेन्सिया हुन सक्छ र यसले कोशिकाबिचको सम्पर्क क्षमतामा गलत प्रभाव पार्छ । त्यसैले यो विकारले मानिसको सम्झने शक्ति, व्यवहार र भावनामा असर पर्छ । चिकित्सकका अनुसार यो न्यूरोन अर्थात मस्तिष्कमा हुने कोशिकाको गडबडीको कारण हुन्छ । जव मस्तिष्कको स्वस्थ कोशिकाले मस्तिष्कका अरु कोशिकाको सम्पर्क गुमाउँछ अथवा सँगै काम गर्न बन्द हुन्छ तब डिमेन्शियाको स्थिती सिर्जना हुन्छ ।

डिमेन्शियाका केही लक्षण देखा पर्छन् । जसलाई यो रोग छ उसको सम्झने शक्तिमा सबैभन्दा धेरै प्रभाव पर्छ । याद गर्ने क्षमता हदभन्दा धेरै कमजोर हुने भएकोले मानिस एउटै प्रश्न पटक पटक सोध्न थाल्छ । यस्तो मानिसलाई घरेलु काम गर्न कठिन महशुस हुन्छ । कुराकानी गर्न पनि समस्या हुन्छ र बिरामी सरल शब्द पनि बिर्सिन थाल्छन् । सामान राखेको ठाउँ बिर्सिने, मूड अथवा व्यावहार परिवर्तन हुने, बाटो बिर्सिने समस्या हुनसक्छ ।

डिमेन्सिया हुनबाट बच्ने सबैभन्दा उत्तम उपाय स्वस्थ जीवनशैली अपनाउनु हो । स्वस्थ खाना खानाले डिमेन्सियाको जोखिम कम गर्न सकिन्छ । अन्न, फलफुल, सब्जीको भरपूर सेवन गर्नुपर्छ ।

डिमेन्शियाको अन्तिम चरणमा सधै हुने काम गरिसक्ने क्षमता पूरै सकिन्छ जस्तै ड्राइभिङ, घरको कामकाज र यहाँ सम्मकी नुहाउँने, लुगा लगाउने, खाना खाने जस्ता कामहरु पनि । डिमेन्शियाका बिभिन्न प्रकार छन् । यसको लक्षण र गम्भीरताको आधारमा पत्ता लगाउन सकिन्छ बिरामीमा कुन प्रकारको डिमेन्सिया छ भनेर । डिमेन्सियाको आम प्रकारमा अल्जाइमर एक हो । मस्तिष्कमा केमिकल रियाक्सनका कारण केही जम्मा हुनाले कोशिकाहरु नष्ट हुन्छन् ।

डिमेन्सियाको अर्को प्रकार हो वस्कूलर डिमेन्सिया जुन रक्त वाहिका रोकिनाले हुन्छ । यो स्ट्रोक अथवा मस्तिष्कमा लाग्ने चोटको कारणले पनि हुनसक्छ । डिमेन्शिया जोखिमको सबैभन्दा पहिलो कारण उमेर बढ्नु हो । व्यक्तिको जीवन शैलीले पनि जोखिम बढाउन सक्छ । शारीरिक आलश्यता, जाँडरक्सी तथा धूमपानले यस्तो खतरालाई बढाउँछ ।

डिमेन्सिया हुनबाट बच्ने सबैभन्दा उत्तम उपाय स्वस्थ जीवनशैली अपनाउनु हो । स्वस्थ खाना खानाले डिमेन्सियाको जोखिम कम गर्न सकिन्छ । अन्न, फलफुल, सब्जीको भरपूर सेवन गर्नुपर्छ । खानामा कार्बोहाइड्रेट, पोटासियम, क्याल्सियम, फाइवर र म्याग्नेसियम धेरै हुनु राम्रो हो । नियमित रुपमा शारीरिक व्यायाम गर्नुपर्छ र मानसिक गतिविधिलाई ध्यान दिनुपर्छ । मस्तिष्कलाई सक्रिय राख्नाले कोशिकाबिचको सम्पर्क हुन्छ । यसले मानसिक शक्ति बढ्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *