महन्थ र उपेन्द्र वार्तामा

काठमाडौं । बहुमतको सरकार गठनको सन्दर्भबाट राजनीतिक मतान्तरमा उत्रिएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भेटवार्ता हुने भएको छ । उनीहरुबीच दिउँसो १ बजेपछि पार्टीभित्र देखिएको समस्या समाधान गर्ने प्रयासस्वरुप भेटवार्ता हुने जसपा सांसद एकवाल मियाँले मकालु खबरलाई जानकारी दिए ।

ठाकुर–राजेन्द्र महतोपक्षीय जसपाका सांसदहरुले महतोलाई संसदीय दलको नेता चयन गरेपछि चर्किएको विवाद समाधान गर्ने प्रयासस्वरुप ठाकुर र यादव भेट्न लागेका हुन् ।

यसपछि शनिवार पार्टी कार्यालय, बालकुमारीमा बसेको यादव–डा. बाबुराम भट्टराईपक्षीय जसपाको केन्दीय कार्यकारिणी समितिको बैठकले महतोलाई दलको नेतामा चयन गर्ने सांसदलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

यादव–भट्टराई पक्षले संसदीय दलको एकीकरण भइनसकेको र विधान पनि नबनेकाले नेता चयन अवैध भएको दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *