बैंकिङ कारोबार घरबाटै गर्न बैंकर्स संघको आग्रह

काठमाडौं । वाणिज्य बैंकहरुको संगठन नेपाल बैंकर्स एशोसिएशनले बैंकिङ कारोबार घरबाटै गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । आइतबार एक विज्ञप्ती जारी गरी संघले यस्तो आग्रह गरेको हो ।

‘कोभिडको दोस्रो लहर बढेसंगै समस्त ग्राहकवर्गहरुमा बैंकिङ्ग कारोबार घरैबाट गर्नका निमित्त अनुरोध गर्दछौं,’ संघले भनेको छ, ‘मोबाइल तथा इन्टरनेट बैंकिङ्ग मार्फत एक खाता बाट अर्कोमा रकम स्थानान्तरण, खाता व्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीलगायतका कार्य गर्न सकिने व्यहोरा स्मरण गराउँदछौं ।’

सामान किन्दा पनि उपलब्ध भएसम्म कार्डको प्रयोग तथा क्युआर कोडमार्फत भुक्तानी गरी सकेसम्म नगद कारोवार कम गर्न समेत एशोसिएशनले आग्रह गरेको छ ।

ग्राहकको सहजताका लागि निषेधाज्ञा अवधिभर मुद्दती खाता नविकरणसमेत सम्बन्धित बैंकलाई इमेल मार्फत अनुरोध गर्न सकिने जानकारी जनाएको छ ।

कुनै परिस्थितिका कारण इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको ७ दिनसम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुने गरी नविकरण गर्न सकिने एशोसिएशनले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *