थप ८१६७ जनामा कोरोना, १८७ को मृत्यु,५४५५ निकाे
२०७८ जेठ १ गते

काठमाडौं । नेपालमा शनिबार थप ८ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको १७ हजार ९७१ पिसिआर परिक्षणबाट ८ हजार ४६ र ५७७ एन्टीजेन परिक्षणबाट १२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या चार लाख ४७ हजार ७०४ पुगेको छ ।
त्यस्तै थप १८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा चार हजार ८ सय ५६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै, शनिबार थप पाँच हजार चार सय ५५ संक्रमित निको भएका छन् ।
यससँगै नेपालमा हालसम्म तीन लाख ३३ हजार १०८ संक्रमित निको भएको मन्त्रालयले जानकारी दिएको छ ।
हाल नेपालमा १ लाख ९ हजार सात सय ४० संक्रमित आइशोलेशनमा र ६७५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २७ लाख ५१ हजार ४८१ पिसिआर गरिएको छ ।
२०७८ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित








