नेपालको स्थिति चिन्ताजनक छ : डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमणका कारण नेपालको अवस्था चिन्ताजनक बन्दै गएको बताएको छ ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोमले नेपाललगायतका केही देशमा कोरोना सङ्क्रमणको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताएका हुन् ।

‘नेपाल, श्रीलंका, भियतमान, कम्बोडिया, थाइल्याण्ड र इजिप्टले बढ्दो संक्रमणको सामना गरिरहेका छन्,’ उनले भनेका छन् । यी देशहरुलाई आपत्कालीन सहयोगको तत्काल जरुरी रहेको पनि उनले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालमा अस्पताल भर्ना हुनुपर्ने बिरामी बढिरहेको र उनीहरुको लागि शय्या र अक्सिजन उपलब्ध हुन नसक्ने अवस्था आएको भन्दै यसले अब थप जटिलता निम्त्याउने उनको भनाइ छ । कोरोना संक्रमण बढिरहेका नेपालसहितका देशमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता भएको र यी देशमा खोपको आपूर्ति सबैभन्दा ठूलो समस्याको रुपमा रहेको महानिर्देशक डा. टेड्रोसको भनाइ छ ।

कोरोनाको दोश्रो लहर यसअघिको भन्दा खतरनाक र गम्भीर भएको भन्दै उनले भारतको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भारतसँगै छिमेकी देशहरुको अवस्था पनि चिन्ताजनक रहेको बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *