सोल्टी हाेटेलबाट बाहिरियो आईएचजी, अब ‘दी सोल्टी काठमाडौं’ बनाईंदै

काठमाडौं । सोल्टी होटेल र अमेरिकन होटेल व्यवस्थापक कम्पनी इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी)बीचको सम्झौता सकिएको छ ।
सम्झौताको अवधि सकिएपछि आइएचजी होटलको व्यवस्थापनबाट बाहिरिएको छ । राजा ज्ञानेन्द्र शाहको मुख्य लगानी रहेको सोल्टी होटेलको व्यवस्थापन २७ वर्षदेखि उक्त अमेरिकन कम्पनीले गर्दै आएको थियो । काठमाडौंको ताहाचलमा सञ्चालमा रहेको यो होटल २०२३ सालबाट सञ्चालनमा आएको हो ।
होटलले अब ‘दि सोल्टी काठमाडौं’ ब्रान्डमा थप लग्जरिएस सुविधासहित सञ्चालनमा ल्याउने भएको छ । त्यस्तै, सोल्टीले नै अन्तर्राष्ट्रिय स्तरमा होटेलको व्यवस्थापन सम्हाल्ने गरी अघि बढ्ने भएको छ ।
होटलमा इन्डियन, चाइनिज र इटालियन गरी खानाका परिकार उपलब्ध गराइने रेष्टुराँहरू सञ्चालनमा छन् । त्यस्तै, सोल्टीकै स्वामित्वमा एलएसजी स्काई सेफ काठमाडौं होटल पनि सञ्चालनमा छ । यही कम्पनीले नेपालगञ्जमा ‘सोल्टी वेष्टेण्ड प्रिमियर’ पाँचतारे होटल पनि सञ्चालन गरिरहेको छ ।








