जोन्टा क्लवद्वारा अस्पताललाई अक्सिजन कन्सनट्रेटर सहयाेग
२०७८ वैशाख ३१ गते

काठमाडौँ । जोन्टा क्लव अफ काठमाडौंले थापाथलीस्थित परोपकार प्रसुती अस्पताललाई ४ थान अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ ।
अप्रिल २०२० मा पहिलो लकडाउनको क्रममा खाद्यान्न प्याकेट, पीपीई सेट र काठमाडौँ र ललितपुर वरिपरि भर्खरै जन्मिएका बच्चालाई किटको वितरण सहित जोन्टाले कोभिडविरुद्ध लडाईमा सघाउँदै आएको छ ।
जोन्टा क्लवअफ काठमाडौँका अध्यक्ष सीमा गोल्छाले भनिन् ‘महिला र बालबालिकाको सुधारको लागि काम गर्ने अभियानका साथ हामी आशावादी छौं । यो सहयोग अप्ठ्यारोमा परेका विरामीलाई महत्वपूर्ण हुने छ ।’
२०७८ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित








