महामारी नियन्त्रणमा केन्द्रित हुन्छाैं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी नियन्त्रणका लागि सरकारले सबै सामर्थ्य केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रवार प्रधानमन्त्री पदको पदबहालीपछि सिंहदरबारमा सम्बोधन गर्दै ओलीले सरकारले कोरोना संक्रमण नियन्त्रणको सन्दर्भमा कुनै काम बाँकी नराख्ने बताएका हुन् । ‘कोभिड उन्नाइस महामारी नियन्त्रणमा सरकारका सबै सामर्थ्य केन्द्रित गरिनेछ । राज्यका सबै अंग यसमा परिचालन गरिनेछ र परिचालित हुन म आग्रह गर्दछु,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

यस्तै प्रधानमन्त्री ओलीले यो बेलामा कुनै पनि हिसाबबाट अनुचित लाभ लिने वा भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारबाही गर्ने बचनबद्ध गरेका छन् । भने– ‘यस्तो महामारीका बेला कोही कसैले व्यक्तिगत लाभ वा अनुचित फाइदा उठाउँछ भने त्यसले कारबाहीको भागीदार बन्नुपर्छ । चाहे औषधिमा होस् वा अन्य सामग्रीको खरिदमा होस् । ऊ कारबाहीको भागीदार बन्छ । सरकारले त्यस्तोलाई कारबाही गर्छ ।’

यस्ता गतिविधि नियन्त्रणमा लाग्न सरकारका अंगहरुलाई निर्देशनसमेत दिए । उनले भने– ‘म सरकारका सम्बन्धित अंगहरुलाई आग्रहसमेत गर्न चाहन्छु । यस्तो गतिविधि गर्ने जोकोहीलाई कारबाही गर्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *