नेपाल–खनाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । माधवकुमार नेपाल–झलनाथ खनालपक्षीय एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठक जूममार्फत दिउँसो २ बजे बस्ने नेता सुरेन्द्र पाण्डेले मकालु खबरलाई जानकारी दिए । ‘बैठक बसेर सरसल्लाह गर्ने भन्ने भनिएको छ,’ नेता पाण्डेले भने‚ ‘मलाई चाहिँ खासै सन्चो छैन । बैठक बस्दैछ ।’

केन्द्रीय कमिटीको बैठकपूर्व विपक्षी एमालेका शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलका क्रममा नेता नेपालले शुक्रवार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको कुराकानी र सहमतिबारे जानकारी गराएका छन् ।

पार्टीभित्र देखिएको समस्या समाधानका लागि एमाले कार्यदल बन्ने भएको छ । उक्त कार्यदलमा विपक्षी एमालेके तर्फबाट क–कसलाई खटाउने भन्नेबारे पनि शुक्रवारको बैठकमा छलफल भएको थियो । अब यसले तयार पारेको प्रस्तावका बारेमा केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ ।

ओलीले नेपाल–खनाल पक्षको मागजस्तै ०७५ जेठ २ कै पेरिफेरीमा रहेर सहमति गर्ने आश्वासन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *