निषेधाज्ञामा चलाइएका ६९७ सवारीसाधन होल्ड

काठमाडौं । शुक्रबार बिहान निषेधाज्ञा अवज्ञा गरी चलाइएका ६९७ वटा सवारी साधनलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ ।

जसमा ५४५ वटा २ पाङग्रे, १२७ वटा चारपाङ्ग्रे र २५ वटा ठुला सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ ।

कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आगामी जेठ १३ गतेसम्म  निषेधाज्ञा  थप गरिएको  छ । चोक चोकमा प्रहरीले जाँचलाई कडा बनाएको जनाएकाे छ । निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकमा सवारी आवागमन न्यून छ ।

काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधनमात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =