हिन्दीमा ‘वीर विक्रम २’ [ट्रेलरसहित]

काठमाडौँ । मिलन चाम्स निर्देशित चलचित्र ‘वीर विक्रम २’ को हिन्दी भाषाको ट्रेलर सार्वजनिक भएको छ । निर्देशक चाम्सले सामाजिक सञ्जालमा ट्रेलर राखेका हुन् ।

काेभिड-१९ महामारी सामान्य भएपछि चलचित्रलाई भारतीय डायस्पोरामा रिलिज गर्ने निर्देशक चाम्सको तयारी छ । महामारी कायमै रहे यसलाई युट्युबमा रिलिज गर्ने योजनामा चाम्स छन् ।

चलचित्रमा वर्षा सिवाकोटी, बुद्धि तामाङ र नाजिर हुसेनको मुख्य भूमिका रहेको छ । चलचित्रलाई नेपालमा भने खासै मन पराइएको थिएन ।

प्रतिक्रिया