सकियो देउवा र ठाकुर–महतो पक्षको छलफल, के भयो कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीचको छलफल सकिएको छ । नयाँ सरकारको गठनको पहलमा रहेका कांग्रेस सभापति देउवाले ठाकुर–महतोलाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर छलफल गरेका हुन् ।

छलफलमा देउवाले आफ्नो नेतृत्वमा बहुमतको सरकार बनाउन सहयोग गर्नुपर्ने बताएका थिए । सिंगो जसपाले समर्थन गरेमात्र नयाँ सरकार गठन हुनसक्ने भएकाले आफूलाई सहयोग गर्नुपर्ने देउवाको भनाइ थियो । तर, ठाकुर र महतोले भने आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि सहयोग गर्न देउवालाई आग्रह गरेको जसपाका एक नेताले जानकारी दिए ।

पटकपटक कांग्रेसलाई सरकार गठनका लागि सहयोग गरेको स्मरण गराउँदै नेताद्वयले यसपटक जसपाको नेतृत्वमा सरकार बनाएर इतिहास रच्न देउवालाई आग्रह गरेको ती नेताले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनभित्र बहुतको सरकार बनाउन आह्वान गरेकी छन् । जुन, समयसीमा बिहीबार (आज) राति ९ बजे सकिँदैछ । तर, विपक्षी दलहरुबीच कुरा मिलिरहेको छैन ।

प्रतिक्रिया