काठमाडौँ फर्कियो ‘प्रेमगन्ज’ टिम

काठमाडौँ । चलचित्र ‘प्रेमगन्ज’को छायांकन युनिट ग्रामीण क्षेत्रको छायांकन पूरा गरी काठमाडौँ फर्किएको छ । काभ्रेको कात्तिके देउरालीमा वैशाख ७ गते देखि २७ गतेसम्म चलचित्र छायांकन गरी युनिट काठमाडौँ फर्किएको हो ।

हालसम्म चलचित्रको ६० प्रतिशत छायांकन सकिएको छ भने बाँकी ४० प्रतिशत छायांकन कोरोना महामारीको प्रभाव कम भई निषेधाज्ञा हटे पश्चात् काठमाडौँमा गरिने टिमले जानकारी दिएको छ ।

प्रेमकथामा आधारित यस चलचित्रमा बेनिशा हमाल,तेज गिरी,सम्पदा बानिया, रश्मि भट्ट, नरेश पौडेल, रामबाबु रेग्मी, गीता अधिकारी, पवन भट्टराई, सन्जोग रसाइली, गीत विष्ट, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्का, अन्चित ढुङ्गाना लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र सञ्जय लामाले खिच्दै छन् ।

चलचित्र चौतारीको ब्यानरमा निर्माण भइरहेको चलचित्रका निर्माता राजु फुयाँल हुन् भने कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन् । सम्पूर्ण टिमले अत्यन्तै मेहनतका साथ काम गरेको र यस चलचित्रले आम दर्शकलाई बेग्लै किसिमको अनुभूति दिलाउनेमा विश्वस्त रहेको यस चलचित्रका निर्देशक परिच्छेद सेनले बताए ।

प्रतिक्रिया