गण्डकीमा गुरुङले लिए मुख्यमन्त्रीको सपथ
२०७८ वैशाख २९ गते

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख सीता पौडेलले सपथ गराएकी हुन् ।
यसअघि प्रदेशसभामा सबैभन्दा ठूलो दलका नेताको हैसियतमा गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
गुरुङले आफूमाथिको अविश्वासको प्रस्तावमा मतदान हुने अघिल्लो दिन गत वैशाख २६ गते राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
बुधबार अपराह्न ४ बजेसम्म नयाँ सरकारको दाबी गर्न समय दिइए पनि कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन बहुमत पुर्याउन असफल भएको थियो। संविधानको धारा १६८ (३) अनुसार गुरुङले अब ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ ।
२०७८ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित








