प्रधानमन्त्रीलाई पदमुक्त गर्न हामीले राजीनामाको स्थिति निर्माण गर्नुपर्छ : रावल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता भिम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्नका लागि आफूहरूले सांसद पदबाट राजीनामा गर्ने स्थिति निर्माण गर्नुपर्ने बताएका छन् ।
बुधबार ट्विटरमार्फत् नेता रावलले पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री ओलीलाई रोक्न आवश्यक रहेको भन्दै त्यसका लागि आफूहरूले राजीनामा दिनुपर्ने स्थिति निर्माण गर्नुपर्ने बताएका हुन् ।
‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ,’ उनले लेखेका छन्, ‘त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानुनी दृष्टिले धेरै उचित छ ।’
असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ।थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।
— Bhim Rawal, PhD (@BhimRawal179) May 12, 2021








