जनमोर्चाका (कारबाही गरिएका) सांसद थापाले भने- सरकार निर्माणको विषयमा म तटस्थ छु

काठमाडौं । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले आफू कुनै पक्षमा नलागेको बताएका छन् ।

गण्डकी प्रदेशमा जनमोर्चाले नयाँ सरकार गठनका लागि कांग्रेस‚ माओवादी र जसपा नेतृत्वको विपक्षी गठबन्धनलाई सघाउने पार्टीको निर्णय उल्लंघन गरेको भन्दै उनलाई संसदीय दलको नेताबाट हटाएपछि प्रदेश प्रमुखलाई पत्र लेख्दै थापाले आफू सरकार निर्माणको विषयमा तटस्थ रहेको र कुनै गठबन्धनमा नलागेको बताएका हुन् ।

पत्रमा नेता थापाले गैरकानुनी काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेका छन् ।

पार्टीगत कामको सिलसिलामा आफू बागलुङमा रहेको अवस्थामा गैरकानुनी रुपमा किर्ते जालसाजी गरी दलको नेताबाट हटाइएकाले उक्त कारबाहीलाई वैधानिकता नदिन प्रदेश प्रमुखलाई आग्रह गरेका हुन् ।

प्रतिक्रिया