मातातीर्थ औँसीमा प्रवीणको ‘आमा’ सार्वजनिक
२०७८ वैशाख २८ गते

काठमाडौं । मातातीर्थ औँसीको अवसर पारेर गायक प्रवीण राजथलाले आमालाई स्मरण गर्दै ‘आमा’ बोलको गीत सार्वजनिक गरेका छन् ।
गीतमा प्रवीणकै शब्द र संगीत छ भने गोपाल बराइलीको संगीत संयोजन र चन्द्र चौधरीको मिक्सिङ छ । भिडियोमा प्रवीण, सबि बज्राचार्य चौलागाईं र सम्मान चौलागाईं फिचर्ड छन् ।
भिडियोमा रामकुमार केसी र सुदीप शर्माको छायांकन, टेकेन्द्र शाहको सम्पादन तथा सत्यराज चौलागाईंको निर्देशन छ ।
२०७८ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित








