दोस्रो पटक पनि पुरा हुन सकेन दिवेशको अमेरिकन आइडल बन्ने सपना
२०७८ वैशाख २८ गते

एजेन्सी । दिवेश पोखरेल चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’को टप ७ बाट बाहिरिएका छन् । सोमबार सार्वजनिक भएको भोटिङमा कम भोट पाएपछि उनी बाहिरिएका हुन् ।
आइतबार मदर्स डे स्पेसल कार्यक्रममा उनले गाएको गीतले दर्शकको मन जित्न सकेन र उनको अमेरिकन आइडलको यात्रा दोस्रो पटक टुङ्गियो ।
अघिल्लो सिजनमा भने उनी ‘अमेरिकन आइडल’को रनर अप बनेका थिए । कोरोना महामारीका कारण पर्याप्त स्टेज नपाएको भन्दै अमेरिकन आइडलको आयोजकले यस पटक पनि उनलाई प्रतिस्पर्धा गर्ने मौका दिएको थियो । यसै अवसरको सदुपयोग गर्दै आर्थरले ८ जनालाई भोटिङको आधारमा उछिन्दै उत्कृष्ट १० मा स्थान बनाएका थिए । यो चरणसम्म उनले सर्वाधिक भोट पनि पाएका थिए ।
२०७८ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित








