पदमुक्त भएपछि संसदबाट बाहिरिँदै ओली (तस्बिरहरू)

काठमाडौं । संसद्‌बाट विश्वासको मत लिन असफल भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् ।

विश्वासको मत लिन उनकै सिफारिसमा राष्ट्रपतिले आह्वान गरेको प्रतिनिधि सभाको विशेष अधिवेशनको पहिलो दिन भएको मतदानमा उनको पक्षमा ९३ मत र विपक्षमा १२४ मत परेपछि उनी स्वतः पदमुक्त भएका हुन् ।

उनकै नेतृत्वको सरकार कायम रहिरहनको लागि उनले १३६ मत ल्याउनुपर्थ्यो । तर, उनको पक्षमा जम्मा ९३  मतमात्रै पर्‍यो ।

विश्वासको मत प्राप्त गर्न असफल भएपछि संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओली:

प्रतिक्रिया