राहुलको निधन : मृत्यु हुनुअघि भन्दै थिए- मास्क छ‚ अक्सिजन छैन

नयाँ दिल्ली । कोरोना संक्रमित भारतीय कलाकार राहुल बोहराको आइतबार निधन भएको छ । उनको उपचारकै क्रममा निधन भएको हो । राहुलकी श्रीमती ज्योति तिवारीले आफ्ना श्रीमानको न्यायको माग गरेकी छन् ।

ज्योतिले सामाजिक सञ्जालमा एउटा पोस्ट लेख्दै राहुलको भिडिओ सेयर गरेकी छन् । जसमा उनले अस्पतालको लापरबाहीबारे कुरा गरिरहेका छन् ।

भिडिओमा राहुलले अक्सिजन मास्क हटाएर आजको समयमा यो निकै मूल्यवान् भएको बताउँदैछन् । उनले अक्सिजन मास्कबिना बिरामी छट्पटाउनेले गरेको पनि बताए । त्यसपछि उनले पुनः मास्क लगाएर भन्छन् कि यसबाट केही आइरहेकै छैन ।

उनी थप्छन्, ‘अटेन्डेन्ट आएकी थिइन् । मैले उनलाई यस विषयमा बताउँदा उनले एउटा बोतल हुन्छ र त्यसबाट यसमा पानी आइरहेको बताइन् । म यो मास्कमात्रै के गरूँ ? अक्सिजन आएकै छैन ।’

राहुलकी श्रीमती लेख्छिन्, ‘हरेक राहुलका लागि न्याय । मेरा राहुल त गए, यो सबैलाई थाहा छ । तर कसरी ? यो कसैलाई पनि थाहा छैन । राजीव गान्धी स्पेशलिटी हस्पिटल दिल्ली । यसरी उपचार गरिन्छ त्यहाँ । आशा गर्छु, मेरा श्रीमानले न्याय पाउनेछन् । अर्को राहुल यो दुनियाँबाट बिदा हुनु हुँदैन ।’

प्रतिक्रिया