विश्व कीर्तिमानी राख्न सफल ‘आमा’

काठमाडौँ । सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक भएको छ ।

आमाको मुख हेर्ने दिनको छेको पारेर गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतलाई विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले लेखेका हुन् ।

गीतमा १०५ पटक आमा शब्द प्रयोग गरेको कारण यो गीत वर्ल्ड रेकर्डमा दर्ता भएको हो । कृष्ण कार्कीको स्वर रहेको गीतमा सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाको सङ्गीत संयोजन छ ।

प्रतिक्रिया