‘ताजा जनादेशमा जानु बेस’

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले यो बेला ताजा जनादेशमा जानु उचित भएको बताएका छन् ।

सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद् सुवालले यस्तो बताएका हुन् । ‘यो समयमा ताजा जनादेशमै जानु उचित हुन्छ,’ सांसद सुवालले भने– ‘संसद् चल्यो तर, बिजनेसविहीन भयो । सरकारले बिजनेस दिएन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया