संसदमा मतदानको तयारी पूरा (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतसम्बन्धी मतदानका लागि प्रतिनिधिसभामा तयारी पूरा भएको छ । संसद सचिवालयका अनुसार तीनवटा लवीमा मतदानको व्यवस्था गरिएको छ ।

हुन्छ, हुन्न र मत दिन्न गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको हो । कोभिड संक्रमित सांसदहरूका लागि ल्होत्से हलमा मतदानको व्यवस्था गरिएको छ ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिएका छन् । यसपछि दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने र त्यसपछि प्रधानमन्त्रीले जवाफ दिएपछि मत विभाजनको प्रक्रिया सुरु हुने सचिवालयले जनाएको छ ।

तस्बिरहरू:

प्रतिक्रिया