महामारी नियन्त्रणमा सरकार लागिपरेको छ, भ्रष्टाचार भएको भए छोडिंदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी नियन्त्तण गर्न सरकार लागिरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कोरोनाको दोश्रो लहरको महामारी बढिरहेको र यसलाई नियन्त्रण गर्न सरकार लागिरहेको बताएका हुन् ।
‘पहिलो लहर कम क्षतिमै सरकारले नियन्त्रणमा लिएको हो‚’ उनले भने‚ ‘अहिले दोश्रो लहर फेरि शुरु भएको छ । सरकार भेन्टिलेटर, आइसीयू, अक्सिजनलगायत स्रोतसाधनको बढीभन्दा बढी व्यवस्थापन गरेर महामारी नियन्त्रण गर्न लागिरहेको छ ।’
महामारी नियन्त्रणका क्रममा भ्रष्टाचार भएका कुराहरू आइरहेको तर्फ संकेत गर्दै उनले भने ‘यस्तो बेलामा पनि कहिँ कसैले भ्रष्टाचार गर्छ भने सरकारले छोड्दैन ।’
‘यसबारे छानबिन हुन्छ र दोषी पाइए कारबाही हुन्छ‚’ उनले थपे । उनले महत्वपूर्ण कागजातहरूको कीर्ते हुने गरेकोबारे असन्तुष्टी जनाए ।
कुनै देशको अधिकारीसँग प्रधानमन्त्रीले अनौपचारिक अनुवादको प्रतिमा हस्ताक्षर भन्ने नक्कली कागजातहरू आएको दृष्टान्त दिंदै उनले भने‚ ‘योभन्दा तमासा के हुन्छ ? योभन्दा अनधिकृत के हुन्छ ?’ प्रधानमन्त्री ओलीको आग्रह गरे ‘यो तहमा नओर्लिऔं ।’








