यी आठ जिल्ला जहाँ छैन निषेधाज्ञा [सूचीसहित]
![यी आठ जिल्ला जहाँ छैन निषेधाज्ञा [सूचीसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2020/08/NishedhAagya_SbBhaatta_makalukhabar-21.jpg)
काठमाडौँ । मुलुकमा कोभिड-१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ । वैशाख ७ गतेदेखि जारी हुन थालेको निषेधाज्ञा आजसम्म ६९ जिल्लामा पुगेको छ ।
सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रजिअलाई निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।
अब नेपालका आठ जिल्लामा मात्र निषेधाज्ञा जारी गर्न बाँकी छ । निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा मनाङ, मुस्ताङ, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् । गृह मन्त्रालयले पूर्ण र आंशिक गरेर ६८ जिल्ला भने पनि सोलुखुम्बुमा पनि गए रातिदेखि निषेधाज्ञा शुरु भएको हो ।
यी हुन् निषेधाज्ञा जारी भएका जिल्ला :-
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977077832″ /]








