विश्वासको मतका लागि ओलीलाई नेपालको ६ शर्त [पत्रसहित]

काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने अघिल्लो दिन नेता नेपालले ओलीलाई ६ बुँदे आग्रहसहितको पत्र पठाएका हुन् ।

पटक-पटकका छलफल निष्कर्षमा पुग्न नसकेपछि नेपालले ओलीलाई ६ बुँदाका शर्तसहित राति पत्र लेखेका हुन् । यसअघि माधव समूहका योगेश भट्टराईले आफूहरुले ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको बताएका थिए ।

नेता नेपालले लेखेको पत्रमा सर्वोच्चले नेकपालाई एमाले र माओवादीको पूरानै अवस्थामा पुर्‍याएकाले एकीकरणअघि अर्थात् २०७५ जेठ २ को अवस्थाबाट क्रियाशिल बनाउनु पर्ने शर्त राखेका छन् । त्यसयता ओलीले एमालेमा गरेका केन्द्रीय कमिटी विघटन तथा नेताहरूलाई गरिएको कारबाही र सांसदहरूलाई सोधिएको स्पष्टीकरण लगायत निर्णय खारेज गर्न माग गरिएको छ ।

पत्रमा छ बुँदे शर्त राख्दै उनले ती पूरा नभए सांसद पदबाट सामूहिक राजीनामा दिनेसम्मको चेतावनी दिए । ‘निम्न लिखित कुराहरुको आधारमा मात्रै तपाईले विश्वासको मत लिने निर्णयबारे छलफल गरी निष्कर्षमा पुग्नसकिने यथार्थबारे जानकारी गराउन चाहन्छौं’ पत्रमा भनिएको छ ।

हेर्नुहोस्, नेपालले लेखेको पत्र :-

प्रतिक्रिया