तेजेन्द्र काफ्लेको ‘देश नदुखोस्’ सार्वजनिक [भिडियोसहित]

काठमाडौँ । विन्दवासिनी म्युजिक अवार्ड २०७७मा राष्ट्रिय भावनाले ओतप्रोत गीतको रूपमा अवार्ड प्राप्त गर्न सफल गीत ‘देश नदुखोस्’ सार्वजनिक भएको छ ।

गीतसङ्गीतका अन्य विधामा कलम चलाउँदै गरेका तेजेन्द्र काफ्लेले राष्ट्रिय गीतमा पहिलो पटक कलम चलाएका हुन् । गीतमा लाबोनी प्रसाईँ र प्रमोद प्रसाईँको स्वर रहेको छ ।

डेनी निरौलाको संगीत रहेको गीतमा लाबोनी प्रमोद कै संगीत संयोजन रहेको छ । भिडियो सम्पादन वीर बहादुर थारुले गरेका छन् ।

प्रतिक्रिया