एकता कायम राख्ने प्रयासस्वरुप पौडेल-नेम्वाङ र नेपालबीच भेटवार्ता

कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले एकतालाई कायम राख्ने प्रयासस्वरुप विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलाई विपक्षी एमालेको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपाललाई भेट्न दूत बनाएका छन् । अहिले तीन नेताबीच सिंहदरबारस्थित लेखा समितिको कार्यकक्षमा वार्ता भइरहेको छ ।

नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी थालेपछि लचिलो देखिएको बालुवाटार आफ्नो अडानबाट पछाडि हट्न भने मानेको छैन । यता नेपाल समूहको माग भने ०७५ जेठ २ हो । उसले खासगरी ०७७ फागुन २८ गतेयता भएका कुनै पनि निर्णय पार्टीभित्र कार्यान्वयन नहोस् भनेर भनेको छ, तर ओली यो बिन्दुमा आउन मानेका छैनन् ।

यही सन्दर्भबाट फाटो शुरु भएको एमालेभित्र अहिले पनि मिलनको बिन्दु भेटिएको छैन । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले वैशाख २७ गते सदनबाट विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया