काठमाडौंका चार अस्पतालले भने– थप कोरोना संक्रमितको उपचार गर्न नसक्ने भयौँ

कठमाडौं । काठमाडौंका ४ वटा अस्पतालले कोरोना संक्रमितको उपचार गर्न नसक्ने जानकारी गराएका छन् ।

मेडिकेयर अस्पताल लिमिटेड, नेपाल–भारत मन्त्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर र हेल्पिङ्ग ह्यान्ड्स सामुदायिक अस्पतालले शनिवार संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै यसो भनेका हुन् ।

अक्सिजन ग्यासको अभाव भएको भन्दै ४ अस्पतालले व्यवस्था नभएसम्मका लागि संक्रमितको उपचार गर्न नसक्ने जानकारी दिएका छन् । उनीहरुले सीमित संक्रमितलाई मात्रै उपचार गराउने भनेका छन् ।

प्रतिक्रिया