कोरोना अपडेट : ५३ जना बिते, संक्रमित कति थपिए ?

काठमाडौ । पछिल्लो २४ घण्टामा थप ५३ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार गत २४ घण्टामा ८,४१८ संक्रमित थपिँदा थप ५३ जनाको निधन भएको हो ।

१८ हजार ३०४ नमूना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् भने स्वास्थ्यलाभ लिनेको संख्या ३,३७० छन् । अहिले सक्रिय संक्रमितको संख्या ८३,४९३ पुगेको छ ।

योसँगै कूल संक्रमित संख्या ३,८५,८९० पुगेको छ । कूल मृतक संख्या ३,६३२ पुगेको छ ।

प्रतिक्रिया