फिमेल भर्जन ‘रेलको बाटो’ सार्वजनिक

काठमाडौँ । कोरोना सङ्क्रमित दिनदिनै बढिरहेको भन्दै देशभरका विभिन्न ठाउँमा सरकारले निषेधाज्ञा जारी गरिरहेको छ । यसै बीचमा गायिका स्मृति शाहीको स्वर रहेको गीत ‘रेलको बाटो’ सार्वजनिक भएको छ । मेल भर्सनमा यसअघि सुरज पण्डितको स्वरमा आएको यो गीतलाई फिमेल भर्सनमा समेत सार्वजनिक गरिएको  हो । शब्द लेखराज गिरीको रहेको गीतको भिडियोमा कर्णाली प्रदेशको विकट गाउँ हुम्ला जिल्लावासीको पिडा देखाइएको छ । एक महिना लगाएर खिचिएको भिडियोलाई लक्ष्मण सुनारको निर्देशन तथा निर्माण गरेका हुन् । भिडियोमा चिरञ्जीवी सापकोटा ,सरस्वती खत्रीका साथै स्थानीय कलाकारहरूले अभिनय अभिनय गरेका छन् ।

प्रतिक्रिया