अभिनेत्री सरिता दम्पती र छोरीलाई कोरोना
२०७८ वैशाख २५ गते

काठमाडौँ । अभिनेत्री सरिता लामिछानेसहित श्रीमन र छोरीलाई कोरोना संक्रमण देखिएको छ । चार दिनअघि मात्रै सरितामा संक्रमण पुष्टि भएकोमा शुक्रबार उनका श्रीमान् ऋषि र छोरीलाई समेत सङ्क्रमण देखिएको हो ।
उनले आफूलाई नराम्रो अनुभव हुने साथै शारीरिक पीडा भइरहेको बताएकी छन् । ऋषिले भने यो समयलाई जीवनको कठिन र पीडादायक समयको रूपमा लिएको बताए ।
संक्रमित तीनैजना होमआइसोलेसनमा बसिरहेका छन् । उनीहरूको स्वास्थ्यलाई लिएर दर्शकसँगै विभिन्न चलचित्रकर्मीले स्वास्थ्य लाभको कामना गर्दै आत्मबल बलियो राख्न भनेका छन् ।
२०७८ वैशाख २५ गते
प्रतिक्रिया
सम्बन्धित








