‘जुनुको जुत्ता’लाई अर्को उपाधि

काठमाडौं । छोटो चलचित्र ‘जुनुको जुत्ता’ले अर्को अन्तराष्ट्रिय उपाधि जितेको छ । रुसको फेस्टप्रो फिल्म फेस्टिभलमा बेस्ट सर्ट फिल्मको अवार्ड जितेको छ । जुनुको जुत्ता अर्थात् द सुज अफ अ लिटल गर्लले रुसको फेस्टप्रो फिल्म महोत्सबमा उत्कृष्ट छोटो चलचित्र (बेस्ट सर्ट फिल्म) को अवार्ड जितेको हो ।

केदार श्रेष्ठले निर्देशन गरेको जुनुको जुत्ताले यसअघि अमेरिकाको वामकिड्स चलचित्र महोत्सबमा बेस्ट लाइभ एक्सन सर्ट फिल्मको अवार्ड जितेको थियो । त्यस्तै बुसान इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल अन्तर्गत कोरियामासमेत प्रदर्शन भएको निर्देशक श्रेष्ठले जानकारी दिए ।

‘जुनुको जुत्ता’ इटालीको फिल्म फेस्टिभल ‘कोर्टी अ पोन्टी’, दशौं सिंगापुर इन्टरनेसनल चिल्ड्रेन्स फिल्म फेस्टिभल तथा जर्मनीको ‘सर्ट फिल्म फेस्टिभल–हमबर्ग’ मा समेत प्रतिस्पर्धाका लागि छनोट भएको निर्देशक श्रेष्ठले जानकारी दिए ।

‘जुनुको जुत्ता’ जुत्ता-चप्पल उल्टो लगाउने बालिकाको कथा हो । उनले आमा, शिक्षकलगायतबाट चप्पल ‘सुल्टो’ नलगाउँदा गाली खेप्नुपर्छ र चप्पल उल्टो नलगाउने उपाय खोज्छिन् ।

फिल्ममा ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारीलगायतको अभिनय छ ।

प्रतिक्रिया