एक साथ देखिए पूजा, आँचल र आकाश

काठमाडौँ । नायिका पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ एकसाथ भिडिओमा देखिएका छन् ।

गायक रोशन अधिकारी र गायिका समीक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी कलाकारहरूलाई फिचर गरिएको हो । भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन् ।

गीतमा दिनेश राज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ । भिडिओको निर्देशन विधान कार्कीले गरेका हुन् भने सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन गरेका हुन् ।

प्रतिक्रिया