भोकाहरूलाई ‘आमाको खाना’ (तस्बिरहरू)

काठमाडौं । कोरोना महामारीले स्थिति झन्  बिग्रिँदो छ । कोही रोगले त कोही भोकले मरिरहेका छन् । कोभिड नियन्त्रणका लागि निषेधाज्ञा गर्ने सरकारले बिहान श्रम गरेर बेलुका खाने मजदुरका लागि कहिले सोचेन ।

यस्तो बेलामा देशमा विभिन्न स्थानमा व्यक्तिगत‚ सामूहिक र संस्थागत रुपमा परोपकार गर्ने व्यक्तिहरूको खाँचो उत्तिकै छ‚ जति कोभिड नियन्त्रणका लागि खोपको खाँचो छ ।

बसन्तपुर दरबार स्क्वायर परिसमा पनि बन्दि सहायता नेपालले ‘आमाको खाना’ नामक खाना वितरण कार्यक्रम सञ्चालन गरी भोको पेट बसेकाहरूलाई खानाको व्यवस्था गर्दै आएको छ । कार्यक्रमले दैनिक सयौं मानिसलाई खाना खुवाइरहेको छ ।

तस्बिरहरू :

प्रतिक्रिया