नेपालको प्रष्टोक्ति– ओलीसँग कुनै सहमति भएको छैन

कठमाडौं । विपक्षी एमालेको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको प्रष्ट पारेका छन् । शुक्रवार आफ्नो आधिकारिक फेसबूकमा लेख्दै नेता नेपालले बाहिर समाचारमा आएजस्तो ओलीसँग कुनै सहमति नभएको बताएका हुन् ।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौं । किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात् बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं,’ नेता नेपालले भनेका छन् ।

यसअघि विभिन्न सञ्चारमाध्यममा नेताद्वय ओली–नेपालबीच भद्र सहमति भएको समाचार बाहिरिएको थियो । त्यसपछि नेता नेपालले यस्तो उल्लेख गरेका हुन् ।

प्रतिक्रिया