अनुरागले सम्झिए नेपाली चलचित्र ‘सेतो सूर्य’ र ‘कालो पोथी’ 

काठमाडौँ । भारतीय चलचित्रकर्मी अनुराग कश्यपले दुई नेपाली चलचित्र तथा चलचित्रकर्मीलाई सम्झिएका छन् । उनले कालो पोथी र सेतो सूर्य चलचित्र सम्झिएका हुन् । यी दुई चलचित्रसँगै उनले दीपक रौनियार र मीन भामलाई पनि सम्झिए ।

चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’ को चौथो संस्करणमा अनुरागको अनुभव साट्ने कार्यक्रम थियो । यही क्रममा उनले पछिल्लो समय हेरेका चलचित्रको रूपमा यी दुई चलचित्र सम्झिएका हुन् ।

कालो पोथी चलचित्रको सिडी अमेरिकामा देखेपछि ‘ओ हो ! यो त हाम्रो हो’ भन्ने लागेर उनले किनेको बताएका छन् । साथै समकालीन प्रतिस्पर्धीको रूपमा उनले अन्य निर्देशकसँगै रौनियार र भामको नाम लिएका छन् । स्थिति सामान्य भएसँगै उनको काठमाडौँ आउने योजना छ । यहाँ आएर उनी चलचित्रकर्मी भेट्ने तयारीमा छन् ।

प्रतिक्रिया