प्रकाश सुवेदीको कार्यक्रम एपिवानमा सुचारु

काठमाडौँ । कार्यक्रम ‘रजतपट’ र ग्ल्यामर गफ माथि लागेको निलम्बन फुकुवा भएको छ । प्रकाश सुवेदीले सञ्चालन गर्दै आएका यी दुई कार्यक्रम एक हप्ता मात्रै एपिवान टेलिभिजनबाट प्रसारण भएन । नायिका शिल्पा पोखरेल तथा छवि ओझाको विषयमा प्रस्तुत सामाग्रीलाई लिएर शिल्पाले टेलिभिजनमा गुनासो पत्र दर्ज गरेकी थिइन् । यसैको परिणाम स्वरूप उनको कार्यक्रमको एक एपिसोड रोकियो ।

सुवेदीले पहिलो पटक कार्यक्रम सञ्चालन गरेको झैँ जोस आएको बताउँदै आजको कार्यक्रम सुरुवात गरेका हुन् ।

प्रतिक्रिया