खोटाङे पुर्खालाई सम्झिँदै गायक सुगम [भिडियो]

काठमाडौँ । आफ्नो जन्मथलो र पिता पुर्खाकाबारे धेरै कम गीतहरू बनेका छन् । फरक-फरक  गीत संगीतमार्फत आफ्नो बेग्लै पहिचान बनाएका गायक सुगम पोखरेलले आफ्ना जन्मथलो र पुर्खा सम्झेर ‘पुर्खा है मेरा खोटाङे’ गीत सार्वजनिक गरेका छन् ।

अहिलेका पुस्ताले आफ्नो पुरानो पहिचान बिर्सिँदै गरेको महसुस गरेका सुगमले गीतमार्फत नयाँ पुस्तालाई सन्देशसमेत दिन खोजेका छन् । संसारभर फैलिएका नेपालीहरू जो जहाँ भएपनि पहिचान चाहिँ नेपाली मूलकै  हुन्छ भनेर गीतमार्फत आफ्ना भावना व्यक्त गरेका  छन् ।

उनको ८औँ गीति सङ्ग्रह  ‘तिलस्मी काठमाडौँ’मा सङ्गृहीत उक्त गीतमा शब्द संगीत पनि सुगमकै छ । संगीत संयोजन मोहित मुनालले गरेका हुन् । भिडियोलाई दिनेश थापा (काजी)ले खिचेका हुन् भने सम्पादन हिमाल जोशीले गरेका छन् ।

प्रतिक्रिया