संक्रमणको ग्राफ बढ्दै, यी ५६ जिल्लामा निषेधाज्ञा

काठमाडौँ । मुलुकमा कोभिड-१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ । वैशाख ७ गतेदेखि जारी हुन थालेको निषेधाज्ञा आजसम्म ५६ जिल्लामा पुगेको छ ।

आजदेखि थप ४ जिल्लामा निषेधाज्ञा सुरु भएको छ । नवलपरासी पश्चिम, इलाम, दोलखा र सिन्धुपाल्चोकमामा निषेधाज्ञा लागू भएको हो । यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रजिअलाई निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।

हेर्नुहोस् सूची :-

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977076854″ /]

प्रतिक्रिया