सीमासँग जोडिएका सिरहाका सबै नाका बन्द
२०७८ वैशाख २२ गते

फाइल तस्बिर
सिरहा । नेपाल-भारतसँग जोडिएका सिरहाका सबै सीमानाका सील गरिएको छ ।
कोभिड-१९ को संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा नियन्त्रणका लागि भन्दै सिरहाका सबै सीमानाका सील गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले जानकारी दिए ।
भारतीय सिमाक्षेत्रसँग जोडिएका ठाडी, बरियारपट्टी, औरही, झाझपट्टीलगायत सबै नाकाबाट आवतजावत गर्न अब पूर्ण रोक लगाइएको प्रजिअ कणेँलले बताए ।
बढ्दो कोभिड–१९ को जोखिमलाई दृष्टिगत गरी भारतीय सीमासँग जोडिएका नाकाहरू सील गरिएको उनको भनाइ छ ।
२०७८ वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित








