सेनाले अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने

काठमाडौं । नेपाली सेनाले कोरोेना संक्रमणदर बढ्दै गएपछि अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई सेवामा फिर्ता बोेलाउने निर्णय गरेको छ ।

बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले ५ वर्षअघि अवकाश पाएका सेनाका स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

कोरोना महामारी बढ्दै गएपछि क्वारेन्टिन, आइसोलेसन र शवको व्यवस्थापन गरिरहेको सेनाले महामारीमा सक्रियता बढाएको छ ।

नेपालमा कोभिड संक्रमण बढ्दै गइरहेकाले सेनाले गर्नुपर्ने काम कर्तव्यलाई मध्यनजर गरी स्वास्थ्यकर्मी सेवामा बोेलाइएको बताइएको छ ।

प्रतिक्रिया