खनाल लघुचलचित्र निर्देशनको अवार्डद्वारा सम्मानित

काठमाडौँ । नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा सरोज खनाल उत्कृष्ट निर्देशकको अवार्डद्वारा सम्मानित भएका छन् । खनालले ‘बिहानीमै अस्ताएको सूर्य’ लघु चलचित्रबाट अवार्ड जितेका हुन् । उत्कृष्ट सर्ट फिल्मको अवार्ड तेजेन्द्रप्रसाद कँडेलद्वारा निर्माण गरिएको ‘देशमाथि’ ले जितेको छ ।

स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियनसले आयोजना गरेको अवार्डमा यो १९ वटा लघु चलचित्र सहभागी थिए । अवार्ड विजेताहरूलाई पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री, अभिनेता रवीन्द्र खड्का, रमेश बुढाथोकी, नबल खड्कालगायतले अवार्ड प्रदान गरेका थिए ।

सर्वोत्कृष्ट खलपात्र तुलसीप्रसाद श्रेष्ठ चलचित्र नशाबाट साथै सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड शेखर खनालले चलचित्र धूर्त काजीबाट हासिल गरेका छन् । यस्तै सर्वोत्कृष्ट नवनायकको अवार्ड सुरज पोखरेलले चलचित्र हाम्रो नाताबाट, सर्वोत्कृष्ट नायकको अवार्ड अभिनेता धु्रबदत्तले चलचित्र चलचित्र सहाराबाट, सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड निर्देशक आशुतोष अधिकारीले चलचित्र हाम्रो नाताबाट हासिल गरे ।

सर्वोत्कृष्ट कथाको अवार्ड आरती अधिकारी आचार्यले चलचित्र लकडाउनबाट, सर्वोत्कृष्ट कथा (डायस्पोरा)बाट पुरु राईले चलचित्र सहाराबाट प्राप्त गरे ।

अवार्ड समारोहमा निर्देशक तर्फको जुरी अवार्ड केडी प्रशितलाई चलचित्र मेरो भगवानबाट प्रदान गरियो । यस्तै सर्ट फिल्म निर्देशकको इनकरेजमेन्ट अवार्ड अमिर बरालले चलचित्र ज्यान जाने पिरिमबाट प्राप्त गरे ।

प्रतिक्रिया