‘पार्‍यो माया जालैमा’ सार्वजनिक

काठमाडौं । शम्भुजित बास्कोटा र मञ्जु थापाको स्वरमा रहेको गीत ‘पार्‍यो माया जालैमा’ सार्वजनिक भएको छ । शम्भुजितकै शब्द तथा सङ्गीत रहेको गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ ।

सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पुष्प खड्का र सुनिसा बजगाईँको अभिनय रहेको छ ।

बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ । गीतमा दोलखा र गोर्खाको युवा युवतिबिचको प्रेमलाई दर्साइएको छ ।

प्रतिक्रिया