माओवादीले फिर्ता लियो सरकारको समर्थन [पत्र/भिडिओसहित]

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद् सचिवालयमा बुझाएको छ । योसँगै माओवादीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता भएको छ ।https://www.youtube.com/watch?v=9BZDCEQ1q8I

यसअघि नै सरकारबाट बाहिरिएको माओवादीले समर्थन भने कायमै राखेको थियो । यसअघि मंगलबार (हिजो) बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । ‘समर्थन फिर्ताको पत्र बुझाइसक्यौँ,’ नेता लीलामणि पोखरेलले मकालु खबरलाई भने– ‘योसँगै हामीले समर्थन फिर्ता लियौँ ।’

माओवादीका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् । यसपछि प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेको छ ।

प्रतिक्रिया