हाम्रो टिम नेपालसँग पलको सहकार्य

काठमाडौँ । अभिनेता पल शाह हाम्रो टिम नेपालको पुण्य काममा जोडिएका छन् । उनले सामाजिक सञ्जालमा उक्त समूहको अक्सिजन सहयोगको विषयमा पोस्ट सेयर गर्दै सहयोग आवश्यक भएका व्यक्तिलाई ज्यान बचाउन सहयोग गर्ने बताएका छन् ।

न्यून आर्थिक अवस्थाका व्यक्तिले अक्सिजन अभावकै कारण ज्यान गुमाउन नपरोस् भनेर यो अभियान थालिएको हो ।

उनी लेख्छन्‚ ‘आर्थिक अभावका कारण अक्सिजन नपाएर कुनै पनि न्यून वर्गका नेपालीहरूले ज्यान गुमाउन नपरोस् भनेर निःशुल्क अक्सिजन सेवाका लागि हामी तयारी अवस्थामा छौँ । यो विषम परिस्थितिमा निम्नस्तरका व्यक्तिले उपचार नपाएर अनि खानाको अभावमा बेवारिसे भएर मर्न नपरोस् भन्ने उद्देशले हामी सदैव हजुरहरूकै सेवामा छौँ ।’

हाम्रो टिम नेपालले पहिलो लकडाउनबाट नै खाना खुवाउँदै आएको छ । त्यस्तै अन्य प्राकृतिक तथा सामाजिक विपत्तिमा समेत सहयोगको हात अघि बढाउँदै आएको छ ।

प्रतिक्रिया