मोरङमा पाँच कोरोना संक्रमितको मृत्यु

विराटनगर । प्रदेशका विभिन्न स्थानमा गरी पाँच जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पछि उपचार गराइरहेका चार जनाको नोबेल अस्पतालमा मृत्यु भएको हो । एकजनाको होम आइशोलेसनमा नै मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई जना महिला र तीन जना पुरुष रहेका छन् । मृत्यु हुनेमा मोरङको बेलबारीका होम आइसोलनमा बसेका एकजनासहित विराटनगर, सुनसरीको धरान, इलाम र सप्तरीका एक/एक जना छन् ।

विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय वृद्धको बिहान २ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई सोमबार नोबेलको कोभिड अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको पनि नोबेलमै मृत्यु भएको छ । परीक्षण रिपोर्ट पोजिटिभ आएपछि वैशाख १३ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको बिहान सबा ४ बजे मृत्यु भएको हो । सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्धा महिलाको पनि नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमित उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । दमको समस्या रहेका वृद्धको बिहान ५ बजेतिर मृत्यु भएको अस्पतलाले जनाएको छ ।

प्रदेश २ को सप्तरी हनुमाननगर–कङ्कालीनी–२ का ३५ वर्षीय पुरुषको पनि बिहान ५:४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १७ गते नोबेल अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । विराटनगरको नोबेल अस्पतालमा अहिले ९० जना संक्रमित उपचारको क्रममा रहेका छन् ।

यता मोरङको बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका उनको मृत्यु भएको नगरपालिकाले जनाएको छ । पूर्वप्रहरी सहायक निरीक्षक (असई) उनको बिहान ४ बजेतिर मृत्यु भएको बेलवारी नगरपालिकाका उपमेयर ढाका पराजुलीले जानकारी दिइन् ।

कोभिड संक्रमण भएको थाहा पाएपछि नोबेलमा गएर परीक्षण गरिएकोमा उनलाई संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि घरमा नै आईसोलेशन बस्ने भनेपछि अक्सिजन घरमा नै राखेर बसेकोमा आज बिहान उनको मृत्यु भएको उपमेयर पराजुलीले मकालु खबरलाई जानकारी दिइन् । नोबेलमा वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई होम आइसोलेसनमा राखिएको थियो ।

प्रतिक्रिया