बियोन्से र राजनराजको नयाँ गीत सार्वजनिक

काठमाडौँ । विदेशी टोनमा ‘फूलबुट्टे सारी’ गीत गएर चर्चामा आएकी विदेशी गायिका बियोन्सेको पहिलो नेपाली गीत सार्वजनिक भएको छ । ‘लस्सी पाउँ’ बोलको गीतमा नेपालीपन झल्काउने शब्द प्रयोग भएका छन् ।

हाकुपटासी, दौरा सुरुवाल, मैचा बौचालगायत शब्दको प्रयोग गरेर गीतलाई मौलिकता दिने प्रयास गरिएको छ । त्यसमा बियोन्सेको विदेशी शैलीले सुनमा सुगन्ध थपेको छ । सङ्गीतको कुनै भाषा र क्षेत्र हुँदैन भनेर उनले प्रमाणित गर्न सहयोग गरेकी छन् ।

राजनराज सिवाकोटी र बियोन्सेले गाएको गीतमा उनीहरू नै फिचर्ड छन् । नेपाली पहिरनमा दुवै आकर्षक देखिएका छन् । गीतमा मन्दिरा ढुङ्गेलको शब्द राजनराजकै संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

राजेश पुमा राईले निर्देशन गरेको भिडियो उत्सव दाहालले खिचेका हुन् । विकास दाहालको सम्पादन रहेको भिडियोमा नन्दा अधिकारीको शृङ्गार रहेको छ ।

प्रतिक्रिया