मलामी गएका एकै गाउँका ३१ जनामा कोरोना पुष्टि

जनकपुरधाम । कोभिड-१९ संक्रमित भएर मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरीका एकै गाउँका ३१ जनामा कोरोना संक्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ ।

जिल्लाको मनरासिस्वा नगरपालिका-९ स्थित बथनाहा गाउँमा एकसाथ ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको हो । कोरोना संक्रमण भएपछि गत बुधबार स्थानीय ६६ वर्षीय वृद्धको मृत्यु भएको थियो ।

उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । मलामी गएका करिब ७० जनामध्ये ४५ जनाको पीसिआर जाँच गर्दा ३१ जनामा कोरोना संक्रमण पाइएको हो ।

प्रतिक्रिया